राैतहट ७ फाल्गुन
राैतहटकाे चन्द्रनिगाहपुरमा एक सहकारीले बुधबार बाल सम्मेलन आयाेजना गरेकाे छ । राैतहटकाे चन्द्रपुर–४ स्थित स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो १३ औं स्थापना दिवसको अवसरमा साे बाल सम्मेलन आयोजना गरेको संस्थाले जनाएकाे छ । चन्द्रपुर-४ स्थित हातेमालो सामुदायिक बन समूहको सभाहलमा आयोजीत साे बाल सम्मेलनमा १० वर्ष भन्दा माथिका ३ सय ११ बालबालिकारुले सहभागीता जनाएका थिए । चन्द्रपुर नगरपालिकाका सहकारी शाखा प्रमुख शेख नसरे आलमको प्रमुख आतिथ्यतामा भएको उक्त सम्मेलनको अध्यक्षता नरेन्द्र बहादुर रानाले गर्नु भएको थियो । बाल सम्मेलनकाे अवसरमा हाजिरी जवाफ प्रतियोगिता र नृत्य प्रतियोगिता आयोजना गरिएको संस्थाका अध्यक्ष नरेन्द्र राना मगरले बताउनु भयाे । हाजिरी जवाफ प्रतियोगितामा जागरण बाल क्लव, चन्द्रपुर–३ का ऋषि जर्घा मगर, स्वस्तिका दर्लामी मगर र प्रविण राउतको टिमकाे सहभागिता रहेको थियो । त्यसैगरी सूर्योदय बाल क्लव, चन्द्रपुर–४ का हिमांशु मगर, खुसी राई र सन्दीप विकको टिमले सहभागिता रहेकाे थियाे भने उपासना बाल क्लव चन्द्रपुर–५ बाट सुदिना पौडेल, उपासना पौडेल र सामुयल लामिछाने , समृद्धि बाल क्लव,चन्द्रपुर–६ का चार्लिन्स कुश्वार, रौनक विक र आयुष चौधरी, सहनशील बाल क्लव, चन्द्रपुर–६ बाट रम्भा कुमारी गुप्ता, प्रकृति श्रेष्ठ र सिजल रिजाल र डावरी बाल क्लव, चन्द्रपुर–६बाट सम्पन्न केसी , एलेन तिमल्सिना र निशा सिंह कुश्वाहाकाे टिमकाे सहभागी थिए । साे प्रतियोगितामा जागरण बाल क्लव, चन्द्रपुर–३ प्रथम, सहनशील बाल क्लव, चन्द्रपुर–६ द्वितीय र उपासना बाल क्लव, चन्द्रपुर–५ त्रितीय भएकाे अध्यक्ष मगरले तराई पाेष्टलाई जानकारी दिनु भयाे ।

त्यसैगरी नृत्यतर्फ एकल नृत्य प्रतियोगितामा चन्द्रपुर–६ की जया लामिछाने प्रथम, सोही वडाकी आरोही गौतम र मिरा राई क्रमशः द्वितीय र त्रितीय भएका थिए । सामूहिक नृत्य तर्फ उपासना बाल क्लवका निर्मला विक र निर्जला विक प्रथम, सोही क्लवका ऋतिका सुवेदी, युनिशा विक, आयुष्का खड्का र ऋतिका विकको टोली द्वितीय र जागरण बाल क्लवका कृतिका खत्री र कृष्टिना खत्रीको टोली तृतीय भएकाे आयाेजकले जनाएकाे छ ।

प्रतियोगितामा विजयी बालबालिकालाई संस्थाको १३ स्थापना दिवसको दिन २०८१ फागुन ९ गते पुरस्कार प्रदान गरिने संस्थाले जनाएकाे छ । चन्द्रपुर नगरपालिकाभर कार्यक्षेत्र रहेको स्वस्तिक साकोसमा १ सय ५४ वटा बचत समूह, ६ वटा बाल क्लव, ४,६४४ जना शेयर सदस्य र १९७० जना बालबचतकर्ताहरु रहेका छन भने संस्थाको कुल सम्पत्ति २५ करोड बढी रहेको जनाइएकाे छ ।

