चन्द्रनिगाहपुरका उदयमान कलाकार आशिषकाे ” ङाला स्टाइल बबाल ” म्युजिक भिडयाे शुक्रबार सार्वजनिक हुने

उपेन्द्र गाेले तामाङ
राैतहट ७ फाल्गुन
राैतहटमाे चन्द्रपुरका बहुप्रतिभाका धनी युवा आशिष वाईबा तामाङकाे म्युजिक भिडियाे शुक्रबार सार्वजनिक हुने भएकाे छ । बुद्व दाेङ तामाङकाे शब्दमा जितु लाेप्चन र समर तामाङकाे स्वरमा रहेकाे गीत ङाला स्टाईल बबाल” बाेलकाे गीतकाे म्युजिक भिडियाे शुक्रबार साझ ४ बजे समर तामाङ युट्युव च्यानेलबाट सार्वजनिक हुने माेडल तथा डान्सर आशिष तामाङले तराई पाेष्टलाई जानकारी दिने भयाे । साे म्युजिक भिडियाेमा आशिषलाई  सिर्जना तामाङले साथ दिनु भएकाे छ । राैतहटकाे चन्द्रनिगाहपुर र सर्लाहीका विभिन्न रमणीय स्थलहरुमा सुटिङ गरिएकाे साे म्युजिक भिडियाे पृथक रहेकाे माेडेल वाईबाले बताउनु भयाे । २०६९ सालबाट डान्स गुरु कर्म लामाबाट डान्स सिक्न शुरु गर्दै कलाकारितामा प्रबेश गरेका आशिषले ५० भन्दा बढी डान्स कम्पिडिसनमा प्रथम स्थानका पुरस्कार हात पारि सक्नु भएकाे छ । बहुप्रतिभा भएका उदयमान तारा आशिष वाइबा तामाङले डान्स प्रतिस्पर्धा देखि निर्णयक सम्मका भुमिका निर्बाह गरिसकेका तामाङ राजनीतिक क्षेत्रमा समेत अनुभव बटुल्दै छन ।  हाल राैतहट सर्लाही लगायतका अन्य जिल्लाहरुमा हुने डान्स कम्पिडिसनहरुमा जजकाे भुमिका निर्वाह गर्दै आउनु भएकाे छ । सानै उमेरमा चन्द्रपुरको मन मुटुमा बस्न सफल भइसकेका तामाङ बहुप्रतिभाका धनीका साथै जसपा नेपाल चन्द्रपुर नगर कमिटीका सचिब समेत हुनुहुन्छ ।

ताजा समाचार

Related Articles