उपेन्द्र गाेले तामाङ
राैतहट ६ फाल्गुन
प्रेस चौतारी नेपाल रौतहटको अध्यक्षमा अशोक कुमार पहाडी निर्वाचित हुनु भएकाे छ । मंगलवार चन्द्रनिगाहपुरस्थित होटल हिमालयनमा सम्पन्न चौतारीको ८ औं अधिवेसनले पहाडीलाई सर्वसहमतिले अध्यक्षमा चयन गरेको हो । साे अधिबेसनले उपाध्यक्षमा कृष्ण तिवारी, महिला उपाध्यक्षमा मञ्जु मानन्धर, सचिवमा मुकेश साह, सहसचिवमा राकेश कुमार यादव, सहसचिव समावेशीमा दीपेन्द्र रजक, कोषाध्यक्षमा अशोक कुमार यादव र सदस्यमा रुपेश यादव, सरोज मिश्रा चयन हुनु भएकाे प्रेस चाैतारी राैतहटले जनाएकाे छ । त्यसैगरि केन्द्रिय परिषद सदस्यमा उत्तम उपाध्याय, महिलातर्फ अपर्णा झा चयन भएको निर्वाचन अधिकृत केसी लामिछानेले जानकारी दिनु भयाे । चौतारीको आगामी बैठकले थप ४ जना कार्यसमिति सदस्य मनोनयन गर्ने निर्वाचन अधिकृत लामिछानेले तराई पाेष्टलाई जानकारी दिनु भयाे । बन्द सत्रमा बृहत छलफल पछि सर्व सहमतिमा नै नयाँ नेतृत्व टुंगो लागेको लामिछानेले बताउनु भयाे ।

अधिबेशनको उदघाटन गर्नु हुदै प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले रौतहट जिल्ला स्वभिमानको जिल्ला भएकाले गध्दार र बेईमानी लाई परास्त गर्दै ईमान्दारीलाई साथ दिनु पर्ने बताउनु भयो । त्यसैगरि अधिबेशनमा नेकपा एमालेका केन्द्रिय सदस्य एबम जिल्ला ईन्चार्ज अजय गुप्ताले प्रेस चौतारीमा आबद्ध संचारकर्मीले निष्ठा र ईमान्दारिपुर्बक कार्य गर्नु पर्ने बताउनु भयो । नेकपा एमालेका केन्द्रिय सदस्य उद्धब रेग्मिले पत्रकारहरुले खेल्ने सकारात्मक भुमिकाले सम्बृद्धिको बाटोमा अघि बढने बताउनु भयो । अधिबेशनमा प्रेश चौतारीका बिभिन्न पदाधिकारीले शुभकामना दिएका थिए । सोही । सोही अधिबेशनमा समाजबादी प्रेस संगठनका केन्द्रिय सदस्य तथा नेपाल पत्रकार महासंघ रौतहटका पुर्व अध्यक्ष प्रेमचन्द्र झा प्रेस चौतारी नेपालमा प्रबेश गर्नु भएको छ । झा माधब नेपाल नेतृत्व पार्टीको भातृ संगठन समाजबादि प्रेस संगठन त्याग गरि प्रेस चौतारीमा प्रवेश गर्नु भएको हो ।

उक्त अवसरमा चौतारीका केन्द्रिय अध्यक्ष बस्नेत संगै नेकपा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज अजय कुमार गुप्ता , केन्द्रिय सदस्य उद्दब रेग्मी, चौतारीका महासचिव हिरामान लामा, समाजबादी प्रेस संगठनका पूर्व केन्द्रिय अध्यक्ष विश्वमणि सुवेदी, एमालेका जिल्ला अध्यक्ष सच्चिदानन्द साह, उपाध्यक्ष बाबुराम दाहाल,जिल्ला सचिव रुपेश पटेल,एमाले चन्द्रपुरका अध्यक्ष शिव आचार्य, भुमि आयोग रौतहटका अध्यक्ष अखिलेश चौधरी, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष सञ्जय कार्की, पत्रकार केसी लामिछाने, शिव पुरी, रबिन्द्र साह लगायतले अधिवेशन सफलताको शुभकामना मन्तब्य राखेका छन ।

