रौतहट ६ फाल्गुन
प्रेस संगठनका केन्द्रिय सदस्य तथा नेपाल पत्रकार महासंघ रौतहटका पुर्व अध्यक्ष प्रेमचन्द्र झा प्रेस चौतारी नेपालमा प्रबेश गर्नु भएको छ । झा माधब नेपाल नेतृत्व पार्टीको भातृ संगठन समाजबादि प्रेस संगठन त्याग गरि नेकपा एमाले पार्टीको भातृ संगठन प्रेस चौतारीमा प्रवेश गर्नु भएको हो । रौतहटको चन्द्रपुरमा मङ्गबार आयोजित प्रेस चौतारी नेपालको ८ औं जिल्ला अधिबेशनका बिच चौतारीको केन्द्रिय अध्यक्ष गणेश बस्नेत र एमाले पार्टीको केन्द्रिय सदस्य एवं रौतहट जिल्ला ईन्चार्ज अजय गुप्ताबाट टिकामाला लगाई झा औपचारिक रुपमा प्रेस चौतारीमा प्रवेश गर्नु भएको हो । माधव नेपाल निकट नेकपा एसको प्रेस संगठन त्याग गरि पत्रकार प्रेमचन्द्र झा एमाले प्रबेश गरेसंगै नेकपा एसलाई ठुलो झड्का लागेको छ । अब नेकपा एमाले निकट प्रेस चौतारीमा आबद्ध भएसँगै पत्रकारहरुको हकहितमा निडर भएर अगाडी बढ्ने झाले प्रतिबद्धता गर्नु भएको छ ।

