बाढीको पानीमा डुबेर बालकको दुःखद मृत्यु, रौतहटवासीलाई सतर्क रहन आग्रह

रौतहट, २२ साउन
रौतहटको गौर–चन्द्रपुर सडकखण्डअन्तर्गत बम नहर चोक नजिक रहेको यमुनामाई गाउँपालिका–५ झुनखुनवा टोलमा बाढीका कारण जमेको पानीमा डुबेर एक बालकको दुःखद मृत्यु भएको छ । स्थानीयका अनुसार बालक बाढीको पानीमा हराएको जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरी, स्थानीयवासी तथा अन्य सरोकारवालाहरूले तत्काल खोजी अभियान सञ्चालन गरेका थिए । लामो खोजीपछि बालकलाई जमेको पानीमा तैरिरहेको अवस्थामा फेला पारिएको थियो। उद्धार गरी उपचारका लागि लैजाने प्रयास भए पनि उनको ज्यान जोगाउन सकिएन । हाल लगातारको वर्षासँगै जिल्लाका विभिन्न स्थानमा बाढी र डुबानको जोखिम बढ्दै गएको छ । खोलानाला तथा सडक आसपास पानी जम्दा विशेष गरी बालबालिका बढी जोखिममा पर्ने भएकाले अभिभावकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । सम्बन्धित निकायले पनि अनावश्यक रूपमा बाढीको पानी, खोलानाला तथा डुबानग्रस्त क्षेत्रमा नजान र सुरक्षित स्थानमा बस्न सबै नागरिकलाई अनुरोध गरेको छ। मौसममा अझै प्रतिकूल अवस्था रहने सम्भावना रहेकाले रौतहटवासीलाई आवश्यक सावधानी अपनाउन र कुनै आपत्कालीन अवस्था देखिएमा तत्काल सुरक्षा निकायलाई खबर गर्न आग्रह गरिएको छ ।

ताजा समाचार

Related Articles