रौतहट ५ फाल्गुन
रौतहटको चन्द्रनिगाहपुरमा सोमबार चौथो चन्द्रपुर महोत्सव २०८१ को उद्घाटन सम्पन्न भएको छ । प्रादेशिक औद्योगिक मेला चौथो चन्द्रपुर महोत्सव २०८१ को समुद्घघाटन समारोह प्रमुख अथिति पुर्व उद्योग ,बाणिज्य तथा पर्यटन मन्त्री ,मधेस प्रदेश माननीय युवराज भट्टराई समीरले उद्घाटन गर्नु भएको हो । महोत्सवमा स्थानीय कृषि तथा लघु उत्पादन, व्यवसायिक प्रदर्शनी तथा बिक्री स्टलहरु राखिनुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुको सांस्कृतिक प्रस्तुति, खेल, मनोरञ्जनका सामग्री, बाल उद्यान, तथा औद्योगिक मेला समेत समावेश गरिएको चन्द्रपुर नगर उद्योग वाणिज्य संघका अध्यक्ष उदयनारायण सापकोटाले बताउनु भयो ।

उद्घाटन समारोह हुनु भन्दा अगाडी जनज्योति माध्यमिक विद्यालयबाट विभिन्न संघ संस्थाहरुको अगुवाइमा सांस्कृतिक झाँकी सहितको शुभारम्भ यात्रा निकालिएको आयोजकले जनाएको छ । र्यालीले चन्द्रनिगाहपुर चोक परिक्रमा गरी महोत्सव स्थलमा पुगेर उद्घाटन समारोहमा सहभागी भएका थिए । रौतहटको चन्द्रपुरमा कृषि पर्यटन उद्योग व्यापार, समृद्धिको मुख्य आधार भन्ने मूल नाराका साथ फागुन ५ गतेदेखि फागुन १७ गतेसम्म चौथो चन्द्रपुर महोत्सव २०८१ आयोजना गरिएको हो । जनज्योति माध्यमिक विद्यालय चन्द्रनिगाहपुर बजारबाट निस्केको शुभारम्भ यात्रामा चन्द्रपुरका सक्रिय सम्पूर्ण सामाजिक, जातीय, धार्मिक, खेलकुद, सांस्कृतिक, सांगीतीक, शैक्षिक, बैंकिंग, उद्योगी व्यवसायी, वस्तुगत, सहकारी संघ संस्था संगठन समूहहरुले आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने झाँकी, बाजा गाजा, भेष भुषा सहित सहभागी जनाएका थिए । महोत्सवका लागि ११५ स्टल रहेको चन्द्रपुर नगर उधोग बाणिज्य संघका महासचिव जनक राज भारतीले बताउनु भयो । प्रवेशका लागि प्रति व्यक्ति १०० रुपैयाँ शुल्क तोकिएको छ, जसमा एउटा भोट समावेश हुने छ । स्टेज कार्यक्रममा सहभागी भएका स्थानीय नवप्रतिभा कलाकारहरुको प्रस्तुति हेरेर दर्शकहरूले मन परेको कलाकारलाई भोट दिन सक्ने आयोजकले जनाएका छ । समापनको दिन सबैभन्दा बढी भोट प्राप्त गर्ने ४ जना कलाकारलाई पुरस्कृत गरिने चन्द्रपुर नगर उधोग बाणिज्य संघ रौतहटका अध्यक्ष उदय नारायण सापकोटाले तराई पोष्टलाई जानकारी दिनु भयो ।


