रौतहट ६ फाल्गुन
रौतहटको परोहा नगरपालिकामा अबैध रुपमा बेवारिसे अबस्थामा फेला परेका बइलर कुखुराका चल्लाहरु नष्ट गरेको छ । सोमबार प्रहरी चौकी मोतिपुर नरकटियाबाट खटिएको प्रहरी गस्ति टोलीले गस्ति गर्दै जाने क्रममा रौतहटको पहोरा नगरपालिकाको वडा नम्बर ७ सिमा क्षेत्रमा भारतबाट नेपालमा ल्याउन प्रतिबन्ध बइलर कुखुराको चल्लाहरु १ हजार ४ सय थान बेवारिसे अबस्थामा चल्लाहरु फेला पारि प्रहरीले नियन्त्रणमा लिएका थिए । सो कुखुराको चल्लाहरुलाई मंगलबार स्थानिय भद्रभलालमी र सञ्चारकर्मीहरुको रोहबरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रबक्ता प्रहरी नायव उपरिक्षक दिपक कुमार रायले तराई पोष्टलाई जानकारी दिनु भयो ।

