खोटाङ हलेसी ४ फाल्गुन
खोटाङको हलेसीमा आइतबार साझ भिषण आगलागी भएको छ । आइतबार साँझ ७ बजेतिर स्थानीय पदमशेर राईको ग्यास पसलबाट आगो शुरु भएको स्थानियले बताएका छन । सो आगलागीबाट यो समाचार तयार पार्दासम्म आगोले ३ वटा घर पूर्ण रूपमा क्षति भैसकेको र एउटा घरमा आंशिक क्षति भएको स्थानियले बताएका छन । पदमशेरको हार्डवेयर पसल सहितको घर, प्रकाशचन्द्र गिरीको होटल हलेसी दर्शन रेस्टरेन्ट सहितको घर, ऐराख राईको कल्याण होटलसहित घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । यसबाहेक भरण राईको पारुहाङ होटल र घरमा पनि आंशिक क्षति पुगेको छ । विस्तृत क्षति विवरण भने आउन बाँकी रहेको जनाइएको छ । अहिलेसम्म ३ वटा घरमा भएको पसल र होटलहरू पूर्ण रूपमा क्षति भएको छ । एउटा घर र होटलमा आंशिक क्षति भएको जनाइएको भएतापनि यसबारे विस्तृत क्षति विवरण सोमबार मात्रै एकिन हुने हलेसीबाट स्थानिय सञ्चार माध्यामहरुले जनाएका छन ।

