रौतहटको गैडाटारमा भैसीले जन्मायो २ टाउके पाडो

रौतहट ४ फाल्गुन
रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ गैडाटारमा भैसीले २ ओटा टाउको भएको पाडोको जन्म दिएको छ । रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ गैडाटारका धन प्रसाद सापकोटाले पालेको भैसीले आइतबार २ ओटा टाउको भएको पाडोको जन्म दिएको सापकोटाले तराई पोष्टसँग बताउनु भयो । आफुले निकै मेहनेतका साथ स्याहार सुसार गरेको भैसीले जन्माएको भैसीले २ ओटा टाउको भएको पाडोको जन्म दिएपछि आफु नै चकित भएको सापकोटाको भनाई रहेको छ । कुन अबस्थामा जीव जनावरहरुले अनौठो किसिमको बच्चाको जन्म दिन सक्छ भन्ने कुरा पशु चिकित्सक तथा विज्ञहरुलाई थाहा हुने भएकाले यसबारे अनविज्ञ रहेको स्थानियले बताएका थिए । यस बारे थप अनुसन्धान हुने किसान सापकोटाको भनाइ रहेको छ ।

ताजा समाचार

Related Articles