टीभीएस मोटर्सको रोमाञ्चक अफर : दुई वर्षसम्म निःशुल्क सर्भिस र स्पेयर पार्ट्सको सुविधा

रौतहट, ३० माघ । नेपालका लागि टीभीएस मोटरसाइकलको आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो फ्ल्यागशिप मोडेलहरु—टीभीएस अपाचे आरटीआर १६० रीफ्रेश ४ भि एफ डी र अपाचे आरटीआर १६० २ भि रीफ्रेश बी टी का लागि विशेष अफर सार्वजनिक गरेको छ ।
बुधबार रौतहटको चन्द्रनिगाहपुरमा रहेको गणपती अटो एण्ड सेन्टरद्वारा आयोजित पत्रकार सम्मेलनमा अफरको घोषणा गरिएको थियो । गणपति अटो एण्ड सेन्टरका संचालक रामहरी पण्डितका अनुसार, यो अफर अन्तर्गत ग्राहकहरूले ‘अनस्टपेबल फ्रिडम’को अनुभव लिँदै २ वर्षसम्म समस्या रहित लिमिटलेस राइडको सुनिश्चितता प्राप्त गर्नेछन् ।
यो विशेष अफर अन्तर्गत नेपालभरका ग्राहकहरूले २ वर्षसम्मका लागि निःशुल्क स्पेयर पाट्र्स, इन्जिन आयल तथा सर्भिस प्राप्त गर्नेछन् । यस सुविधाले ग्राहकलाई करिब ३१,००० रुपैयाँसम्मको बचत हुनेछ ।
टीभीएस अपाचे आरटीआर सिरिजले रेसिङ प्रविधिको प्रयोग गर्दै ब्रान्डको ‘रेसिङ डीएनए अनलिश्ड’को सिद्धान्तलाई प्रतिबिम्बित गर्छ । उच्च प्रदर्शन, आकर्षक डिजाइन र उत्कृष्ट ह्यान्डलिङका साथ यी बाइकहरू शक्ति र सटिकताका लागि निर्माण गरिएको कम्पनीको दाबी छ । रोमाञ्चक यात्रा मन पराउनेहरूका साथै दैनिक यात्रुहरूको आवश्यकतालाई समेत ध्यानमा राखेर यो बाइक डिजाइन गरिएको छ ।
टीभीएसले बाइक तथा स्कुटर खरिद गर्ने ग्राहकलाई आजीवन वारेन्टीको सुविधा समेत प्रदान गर्नेछ । कम्पनीले ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिँदै गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ ।
विशेष अफर घोषणा कार्यक्रममा नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष सञ्जय कार्कीले सबारी साधनलाई विलासिता मात्र नभई मानव जीवनका लागि उपयोगी माध्यम भएको धारणा व्यक्त गरेका थिए । कार्यक्रमलाई स्थानीय संचारकर्मी, मोटरसाइकल प्राविधिक, स्पेयर पाट्र्स व्यवसायी लगायतको उपस्थितिले थप महत्व दिएको थियो ।
टीभीएस मोटर्सको यो अफर सीमित अवधिका लागि लागू हुनेछ । इच्छुक ग्राहकहरूले नजिकको टीभीएस शोरूममा गएर विस्तृत जानकारी लिन सक्नेछन् ।

ताजा समाचार

Related Articles