राैतहट २९ माघ
राैतहटमा मंगलबार ट्रक र स्कारपियाे एक आपसमा ठाेकिएकाे छ । राैतहटकाे चन्द्रपुर नगरपालिकाकाे अन्तर्गत पुर्व पश्चिम राजमार्ग चादी पुलमा मंगलबार बिहान ट्रक र स्कार्पियो एक-आपसमा ठोक्किदा मानविय क्षति नभएपनि केही व्यक्तिहरु घाइते भएका छन । दुर्घटनामा परि रौतहटकाे मौलापुर नगरपालिकाकाे वडा नम्बर ३ का बर्ष २० का सुदिप कुमार यादव, दुर्गा भगवती गाउँपालिका वडा नम्वर ५ का बर्ष १८ का प्रशान्त ठाकुर, बौधीमाई नगरपालिका ३ मटिअर्वा घर भएका २१ बर्षिय स्कारपिओ चालक राम विनोद महतो र सोही नगरपालिका वडा नम्वर २ का १८ प्रदीप कुशवाहा र बारा जिल्ला सिम्रौनगढ नगरपालिका वडा नम्वर ७ का २८ बर्षिय सन्तोष कुशवाहा घाइते भएकाे ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएकाे छ । घाइते मध्ये सन्तोष कुश्वाहाकाे टाउको र निधारमा चोट लाग्दा अगम्भीर अबस्थामा रहेको जिल्ला ट्राफिक कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

