गौर, २८ माघ । सशस्त्र प्रहरीका एसपी सन्तोष बस्नेतले रौतहट जिल्लास्थित सशस्त्र प्रहरीको कमाण्ड सम्हालेका छन् ।
एसपी बस्नेतले सशस्त्र प्रहरी बल ११ नम्बर हेडक्वाटर रौतहटको प्रमुखको रूपमा जिम्मेवारी सम्हालेका हुन् ।
सशस्त्र प्रहरी बल ३ नम्बर बाहिनी मुख्यालय चितवनबाट सरुवा भएर आएका एसपी बस्नेतले विधिवत रूपमा सोमवार सशस्त्र प्रहरी रौतहटको प्रमुखको जिम्मेवारी सम्हाले । २०६० सालमा उनी इन्स्पेक्टरबाट सशस्त्र प्रहरी सेवामा प्रवेश गरेका थिए ।
यसअघि सशस्त्र प्रहरी रौतहटका जिल्ला प्रमुख एसपी विक्रम हुमागाईंको सशस्त्र प्रहरी बल बाहिनी पकली सुनसरी सरुवा भएको थियो ।

