बाराबाट बेपत्ता राैतहटका एक बालकाे शव फेला

राैतहट २६ माघ
राैतहटका बेपत्ता एक बालककाे शनिबार शव फेला परेकाे छ । गत विहिबार मामा घर गएका बालक बाराकाे जितपुर सिमराबाट बेपत्ता भएका थिए । राैतहटकाे दुर्गा भगवती गाउपालिकाकाे वडा नम्बर १ घर भएका हंश चाैधरी बारामा मामा घर गएका थिए । मामा घरमा रहेकाे बेला बिहिबारबाट बेपत्ता भएका हुन । बेपत्ता बालककाे खाेजी कार्य साेही दिनबाट निरन्तर भएकाे भएतापनि आज शनिबार बालककाे शव वीरगञ्ज र जितपुर सिमराको सिमाना टेढामा पर्ने कियासाेती खाेलामा डुबेरकाे अबस्थामा शव फेला परेकाे इलाका प्रहरी कार्यालय सिमराकी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) सुभद्रा वाइबाले पुष्टि गर्नु भएकाे छ । डिएसपि वाइबाका अनुसार वीरगञ्ज महानगरपालिका–३२ र जितपुरसिमरा उपमहानगरपालिका–७ को सिमानामा पर्ने टेढामा पर्ने कियासोती खोलामा डुबेको अवस्थामा शव फेला परेको बताउनु भयाे ।
हराएका बालकको खोजीका लागि परिवारले एक लाख रुपैयाँ इनाम घोषणा गरेको थियो । त्यस्तै गरि बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री कृष्ण कुमार श्रेष्ठ (किसान) ले बालकको अवस्थाबारे सूचना दिने वा खोजीमा सहयोग गर्ने व्यक्तिलाई ५१ हजार रुपैयाँ इनाम दिने घोषणा गरेका थिए ।
बालकको खोजी गर्न बारा प्रहरीले तालिम प्राप्त कुकुरको समेत प्रयोग गरेको थियो । खोजी कार्यमा स्थानीयवासी, प्रहरी र विभिन्न सङ्घसंस्थाको समेत सहकार्य रहेको थियो । घटनाले स्थानीय समुदायमा ठूलो शोक र त्रासको वातावरण सिर्जना गरेको छ । प्रहरीले घटनाको विस्तृत अनुसन्धान अघि बढाइ सकेको जनाएकाे छ ।

ताजा समाचार

Related Articles