राैतहटमा लागुऔषध सहित ११ जना पक्राउ

राैतहट २५ माघ
राैतहट प्रहरीले ठुलाे मात्रमा लागुऔषधसहित ११ जनालाई पक्राउ गरि कारवाही गरेकाे जनाएकाे छ । गत साउन यता माघ २० गतेसम्ममा राैतहटका विभिन्न नाकाहरुमा चेकजाच गर्ने क्रममा साे परिणामका लागुऔषध नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएकमे छ । लगभग साढे ६ महिनाको अवधिमा लुकिछिपी भारतीय बजारबाट ल्याउँदै गरेको नशालु ट्याब्लेट डाईजिपाम २२ सय ७८ ट्याब्लेट, नाईत्रोभेट ४४ ट्याब्लेट, बुप्रोफिन नशालु ईन्जेक्सन ६०६ एमपूल, प्रोमेथआजिन नशालु ईन्जेक्सन १७९८ एमपूल, फेनार्गन २७ ट्याब्लेट, एमफिल २२ ट्याब्लेट र गाँजा १५ किलो ९६० ग्राम बरामद गरिएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताउनु भयाे । साेही क्रममा
लागुऔषध ओसारपसारमा संलग्न ११ जना मानिसलाई पक्राउ गरिएको समेत एसपी हुमागाईंले जानकारी दिने भयाे । पक्राउ परेका मानिसलाई केही लागुऔषध सहित आवश्यक कार्वाहीको लागी जिल्ला प्रहरी कार्यालय रौतहटको जिम्मा लगाईएको उहाले बताउनु भयाे । केही लागुऔषध जाँचबुझको लागी औषधि ब्यवस्था बिभाग बिरगंज र जिल्ला भन्सार कार्यालय रौतहटमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ।

ताजा समाचार

Related Articles