राैतहट २५ माघ
राेैतहटका वृद्ध वृद्वा र अपाङ तथा अति गरिब विपन्न परिवारका नागरिकहरुलाई राैतहट प्रहरीले न्यानाे कपडा ब्याङकेट तथा कम्बल वितरण गरेकाे हाे । जिल्ला प्रहरी कार्यालय राैतहट तथा मातहतका प्रहरी युनिटहरुले राैतहट जिल्लाका सयाै अशक्त नागरिकहरुलाई ब्लाङकेट , कम्बफ बितरण गरिएकाे जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएकाे छ । राैतहटमा पुस महिनाबाट नै घाम नलाग्ने र हुस्सु , शितलहरले जाडाे बढेपछि प्रहरीले साेही महिनादेखि याे अभियान सञ्चालनमा ल्याएकाे जनाएकाे छ । साेही क्रममा जाडोबाट उनीहरुलाई जोगाउन जिल्ला बिपद व्यवस्थापन समितिबाट प्राप्त ४५० थान ब्याङ्केट कम्बल बितरण गरिएको प्रहरीले जनाएको छ। छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी जिल्ला प्रहरी कार्यालय रौतहटबाट १०० थान, ईलाका प्रहरी कार्यालय गरुडाबाट ७५ थान , ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरबाट ७५ थान , त्यसैगरी क्रमस: ईलाका प्रहरी कार्यालय कटहरिया, लक्षमिनिया , गंगापिपरा, राजापुरबाट ५०/५० थानको दरले कुल ४५० थान ब्याङकेट कम्बल बित्तरण गरिएको जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले तराई पाेष्टलाई जानकारी दिनु भयाे । गत पुस २३ गते प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बसेको जिल्ला बिपद व्यवस्थापन समिति रौतहटको बैठकले कम्बल ब्याङकेट वित्तरण गर्ने निर्णय गरेकाे र साेही अनुसार न्यानाे कपडा वितरण गरिएकाे जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

