नेकपा एमाले राैतहट -काठमाडौं सम्पर्क मञ्चले माघ २६ गते भृकुटीमण्डपमा रक्तदान कार्यक्रम गर्दै

राैतहट २४ माघ
नेकपा एमाले रौतहट-काठमाडौं सम्पर्क मञ्चकाे आयाेजनामा २०८१”माघ २६ गते, शनिबार  बृहत रक्तादान कार्यक्रम हुने भएकाे छ । “रक्तदान जीवनदान ” “मानव जीवनको अमुल्य योगदान ” भन्ने मुल नाराका साथ साे रक्तदान कार्यक्रमकाे आयाेजना गरिएकाे कार्यक्रमका सहसंयाेजक श्याम चाैहानले तराई पाेष्टलाई जानकारी दिनु भयाे । नेकपा एमाले राैतहट- काठमाडौं सम्पर्क मञ्चकाे आयाेजनामा हुने कार्यक्रम  रक्त सञ्चार केन्द्र, भृकुटीमण्डप, काठमाडौंमा हुने चाैहानले बताउनु भयाे । बुधबार बसेकाे रौतहट काठमाडौं सम्पर्क मञ्चको बैठकले रक्तदान कार्यक्रमलाई सहज रुपमा भब्य तरिकाले सम्पन्न गर्न एस के पटेलकाे.संयोजक , लेख बहादुर चाैहान (श्याम) सहसंयाेजक , नवीन कुमार तुम्सिङ ब्यवस्थापक र प्रिन्स पटेललाई प्रचार प्रसारकाे जिम्मेवार दिइएकाे मञ्चले जनाएकाे छ । मानव जीवनको अमुल्य पुण्य कार्यमा सहभागी हुन सम्पुर्ण सचेत र मानवप्रेमी समुदायहरुमा आयाेजकले अपिल समेत गरेकाे छ । रगत शरीरमा न संचित गरेर राख्न सकिन्छ, न धेरै रगत हुँदैमा स्वस्थ नै भइन्छ। प्राकृतिक रूपमा जम्मा हुने र नष्ट हुने प्रक्रिया हो त्यसैले कसैको जीवन र आफ्नो लागी पनि यो अमुल्य छ, त्यसैले यो अमूल्य अवसरको सदुपयोग गरी मानव सेवाको मौका को फाइदा उठाउनु पर्नमा सहसंयाेजक श्याम चाैहानले जाेड दिनु भयाे । माघ २६ गते शनिबार विहान ११ बजेबाट रेडक्रस भवन भृकुटीमण्डपमा साे रक्तादान कार्य हुने नृकपा एमाले राैतहट-काठमाडौ सम्पर्क मञ्चले जनाएकाे छ ।

ताजा समाचार

Related Articles