राैतहट २३ माघ
राैतहटका एक बालिका विरगञ्जबाट हराएका छन । साेमबार सरस्वती पुजाका दिन राेशनी कुमारी पटेल भन्ने अम्बिका दिउसाे सास्कृतिक कार्यक्रम हेर्न घरबाट स्कुल गएकाे तर हालसम्म परिवार वा कुनै आफन्तहरुसँग सम्पर्कमा नआएकाे राेशनीका बुवा अनुराग प्रसाद कुर्मीले बताउनु भयाे । रौतहटको यमुनामाई गाउँपालिका वडा नं १ जेठरहिया निवासी हाल पर्सा बिरगंज पानीटंकीमा बसोबास गर्दै आउनु भएका शिक्षक अनुराग प्रसाद कुर्मीकाे छोरी राेशनीकाे मानसिक सन्तुलन ठिक नभएकाे बुवा कुर्मीले बताउनु भयाे । कहि कतै हराई रहेकी राेशनीलाई देख्नु भएमा वा भेटनु भएका नजिककाे प्रहरी कार्यालय वा निजका बुवा अनुराग प्रसाद कुर्मीकाे माेबाइल नम्बर 9845059962 वा 9769744199 मा सम्पर्क गरि दिनु हुन अनुराेध गर्नु भएकाे छ ।

