राैतहट २३ माघ
राैतहटकाे गरुडा नगरपालिकामा जारी रहेकाे कम्बल तथा सिरक वितरण बुधबार पनि सम्पन्न भएकाे छ । राैतहटकाे गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जयसवालले नगरका अति विपन्न गरिब असहाय परिवारका सदस्यलाई निरन्तर रुपमा कम्बल सिरक वितरण कार्य जारी राख्नु भएकाे छ । जयसवालले बुधबार एक कार्यक्रमका बीच गरुडा नगरपालिकाको वडा-५ महम्मदपुर ठेठरहिया टोलका ७० बढी घर परिवारका सदस्यलाई चिसोबाट जोगाउन नगर प्रमुख जयसवालले फाइबर सिरक वितरण गर्नु भएकाे नगरपालिकाले जनाएकाे छ । नगर प्रमुख जयसवालले नगरपालिकाको विकास निर्माणकार्य, स्वास्थ्य,शिक्षा लगायत सामाजिक दायित्व अन्तरगत नगरका नागरिकलाई चिसो छल्न विगत १ महिना देखि कम्बल सिरक वितरण गर्दै आउनु भएकाे जयसवालले बताउनु भयाे । उहाले यो अभियान अन्तर्गत नगर भरी १६०० बढी घर परिवारका सदस्यलाई कम्बल वितरण गरिसकेको तराई पाेष्टलाई बताउनु भयाे ।

