सरस्वतीको मूर्ति विसर्जनका क्रममा बागमती नदीमा बेपत्ता भएका युवकको शव फेला

रौतहट, २३ माघ । सरस्वती पूजाको मूर्ति विसर्जनका क्रममा बागमती नदीमा बेपत्ता भएका एक युवकको शव बुधबार बिहान फेला परेको छ ।
राजदेवी नगरपालिका–७ मुडवलवा निवासी २२ वर्षीय सुरज यादव मंगलबार मूर्ति विसर्जन गर्न गएका बेला नदीमा डुबेर बेपत्ता भएका थिए । खोजी कार्य जारी राख्दै गर्दा बुधबार बिहान उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
सुरज यादव प्राथमिक विद्यालय कटरवनका प्रधानाध्यापक उमेश यादवका छोरा हुन् । घटना भएपछि स्थानीयवासी र सुरक्षाकर्मीले निरन्तर खोजी कार्य जारी राखेका थिए । मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको प्रहरीले जनाएको छ ।

ताजा समाचार

Related Articles