राैतहट २२ माघ
राैतहटमा सरस्वतीकाे मुर्ती विसर्जन गर्ने क्रममा एक छात्र सम्पर्क विहिन भएकाे छ । साेमबार मुलुकभर विद्या की देवी सरस्वती माताकाे विद्यार्थीहरुले पुजा सम्पन्न गरेका थिए । साेमबार पुजा सम्पन्न गरि मंगलबार सरस्वती माताकाे मुर्ती विसर्जन गर्न राैतहटकाे राजदेवी नगरपालिकाकाे वडा नम्बर ६ बागमति नदीमा गएका साेही नगरपालिकाकाे वडा नम्बर ७ मुडवलवाका बर्ष २२ का सुरज यादव याे समाचार तयार पार्दासम्म सम्पर्क विहिन भएकाे यादवका बुवा उमेश यादवले बताउनु भयाे । मुर्ती विसर्जन गर्न गएका छाेरा सुरज राती अबेरसम्म घर नफर्किए पछि स्थानिय प्राविका प्रअ समेत रहेका बेपत्ता यादवका बुवाले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खबर प्राप्त गर्नासाथ साे बागमति नदिमा सुरक्षाकर्मीहरुले खाेजी कार्य जारी राखेकाे प्रहरीले जनाएकाे छ । राती अबेरसम्म हराई रहेका यादव पत्ता नलागेमा बुधबार सबेरै पुन सम्भावित स्थलहरुमा खाेजी गर्ने प्रहरीले बताएकाे छ ।

