राैतहट २२ माघ
राैतहटकाे माैलापुरमा मधानी महायज्ञ फागुन ११ गतेबाट शुरु हुने भएकाे छ । राैतहटकाे माैलापुर नगरपालिकामा विगत २०७६ सालबाट निरन्तर प्रत्येक बर्ष साे महायज्ञ हुँदै आएकाे छ । मंगलबार पत्रकार सम्मेलन सम्पन्न गरि फागुन ११ गतेबाट माैलापुरमा साे महायज्ञ शुरु हुने माैलापुर नगरपालिकाका नगर प्रमुख रिना साहले जानकारी दिनु भयाे । महायज्ञकाे उद्घाटन २०८१ फागुन ११ हुने , १२ फागुनमा शिव वारात यात्रा, १३ गते मधानी विशेष पुजा समारोह, १४ गते मधानी विशेष सांस्कृतिक समारोह र १५ गते मधानी विशेष दंगल कार्यक्रम रहेको माैलापुर नगरपालिकाका प्रशासकिय अधिकृत राम बाबु साहले पत्रकार सम्मेलनमा बताउनु भयाे ।
हिन्दी, भोजपुरी सिने जगतका चर्चित कलाकार एवं सांसद रवि किशन, भोजपुरी सिनेमा जगतका लेखक, निर्माता तथा विधायक बिनय बिहारी, भोजपुरीका चर्चित गायक एवं अभिनेता रितेश पाण्डे आउन लागेको नगर प्रमुख रिना साहले जानकारी दिनु भयाे । महायज्ञमा मिंटुवा भोजपुरीया कलाकारहरु सुनील पंडित गायक , अनु चौधरी गायिका , सदाम हुसेन कलाकार , रचना सिवाकोटी कलाकार , रुद्र नारायण तिवारी गायक , र प्रीति आर्या पासवान कलाकार , प्रिया सुहानी कलाकार , रोसनी राज कलाकार , सरिता साह कलाकार , अर्जुन बीसी कलाकार , मनीषा राई कलाकार , मोनालिसा सहितका राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कलाकारहरुको समेत सहभागिता हुने नगर प्रमुख साहले जानकारी दिनु भयाे । पत्रकार सम्मेलनमा नगर प्रमुख साहले रौतहटको मौलापुर नगरपालिका स्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पतौरा पुरातात्विक महादेव मन्दिरलाई विश्वसम्पदा सूचिमा सूचिकृत गर्न सरकारसँग माग मेत गर्नु भएकाे छ । पतौरा स्थित महादेव मन्दिर एवं महायज्ञलाई सरकारले वेवास्ता गरेको गुनासो समेत साहले गर्नु भएकाे थियाे । साे मधानी महायज्ञ आम जनता पार्टीका अध्यक्ष, संघीय सांसद तथा पूर्वमन्त्री प्रभु साहको प्रमुख आतिथ्यमा हुने आयोजकले जनाएको छ । यस अघि महायज्ञमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी देखी लिएर पशुपतिनाथका मुल भट्ट पुजारीद्धारा बिधिपुर्वक पुजा आराधना भएको थियो । प्रत्येक बर्ष बिभिन्न बिशिष्ट व्यक्तित्वको सहभागिता हुदै आएको छ । मधानी महायज्ञको तयारीका लागि बिभिन्न समितिहरु गठन गरी तिब्रगतिमा काम भईरहेको छ ।

