खैरो हिरोइनसहित श्रेष्ठ पक्राउ

रुपेन्द्र पटेल
रौतहट, २१ माघ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले लागू औसत विरुद्धको अभियानलाई तीव्र पारेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले माघ महिनाको २० गतेसम्म नौ जना लागू औसतका कारोबारीलाई पक्राउ गरेको छ । रौतहट जिल्लाको चन्द्रनिगाहपुर क्षेत्रमा लागू औषधका सेवनकर्ता र विक्रेताको संख्या बढ्दै जान थालेको व्यापक गुनासो आएपछि इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरले देशका विरुद्ध अभियान नै सञ्चालन गरेको छ । शनिबार साँझ मात्र लागू औषध खैरो हिरोइन सहित इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले एकजना युवालाई पक्राउ गरेर म्याद थप गरेको छ ।
चन्द्रपुर नगरपालिका वडा नं-४ चिडिया दह डाँडा टोलबाट सागर श्रेष्ठ नामका युवकलाई पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा उनको घरमा खान तलासी गर्दा १।५ ग्राम खैरो हिरोइन बरामद भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी राजकुमार राईले जानकारी दिएका छन् ।
पक्राउ परेका श्रेष्ठलाई आइतबार नै जिल्ला अदालत गौरबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको डिएसपी राईले जानकारी दिएका छन् । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले चन्द्रपुर नगर क्षेत्रबाट माघ महिनाको २० गतेसम्म नौ जना लागू औषधका कारोबारीलाई पक्राउ गरिसकेको छ ।

ताजा समाचार

Related Articles