उपेन्द्र गाेले तामाङ
चन्द्रपुर – ३ गैडाटार , राैतहट (मधेश प्रदेश )
हाल – युएई
युएई १५ माघ ( २८ जनवरी २०२५ )
तामाङ समुदायमा विगत लामाे समयदेखि ल्हाेछार बारे न त जान्न चाहे न त जानेकाहरुले बुझाउन नै सके । माघ महिना आयाे है ल्हाेछारमा रमाइलाे गराै । कुन गायक गायिका ल्याउने कतिमा कलाकारहरु ल्याउने माेलमाेलाइ गर्दै एक दिन तडकभडकका साथ गुणस्तरीय म्युजिक सिस्टम अनि राम्राे स्टेज निर्माण गरि २/४ घण्टा नाच्याै रमायाै , झुम्याै ल्हाेछार सकियाे । हाे विगत लामाे समयदेखि हामी तामाङ समुदायले ल्हाेछार यसरी नै मनाउदै आइरहेका छाै । जसले गर्दा ल्हाेछार के हाे ? कसरी मनाउने ? के के गर्ने भन्ने कुराकाे न त हामीले बुझ्न खाेज्याै न त बुझ्ने प्रयास नै गर्याै ? अब आम तामाङ बाैद्वमार्गीहरुले अलमलमा हाेइन ठाेकुवाका साथ साेनाम ल्हाेछारबारे प्रष्ट हुनु जरुरी छ ।
ल्हाेछार के हाे ?
ल्हाे भनेकाे बर्ष र छार भनेकाे नयाँ हाे । जसकाे अर्थ नयाँ बर्ष भन्ने बुझाउछ । तामाङ समुदायकाे आफ्नै छुट्टै भाषा सस्कृति रहनसहन र रितिरिवाज छ । तामाङ समुदायले मनाउदै आएकाे साेनाम ल्हाेछार चन्द्र पात्राेमा आधारित छ । विश्वमा २ प्रकारका पात्राे हुन्छ । जुन साैर्य पात्राे र चन्द्र पात्राे हुन ।
साैर्य पात्राे अनुसार बैशाष , जेठ , असार ….. १२ महिना र आईतबार , साेमबार , मंगलबार …..७ बारहरुकाे नामकरण गरिएकाे हुन्छ । जसलाई हामी विक्रम संवत् भन्ने गरेकाे छाै ।त्यसैगरी इस्वी संवत् अनुसार जनवरी , फ्रेवरी , मार्च , अप्रिल …. .. सन डे , मन डे , ट्युस् डे ……भनेर महिना र दिनहरुकाे नाम भन्दै आइरहेका छाै ।
त्यसैगरी तामाङ समुदायकाे मान्दै आएकाे चन्द्र पात्राे अनुसार ख्रे , बेने , नाम्दुङ , दुगु , डाफ्रे ,बेल्बाे , गाेने , यन्दे , म्हेनिङ , साेकराती , बाेइताबा र ताबा गरि १२ महिनाहरुकाे नामकरण भएका हुन्छन । त्यसैगरी लानी रे , दिनि रे , मिरे , नाबेङरे , नारे सुङरे र कामरे गरि ७ बारहरुकाे नाम रहेका हुन्छन ।
विक्रम संवतकाे हरेक बर्षकाे बैशाष १ गते नया बर्ष र इस्वी संवतकाे हरेक बर्ष जनवरी १ का दिन नया बर्ष भने जस्तै तामाङ समुदायकाे पहिलाे महिना ख्रे काे १ गते नया बर्ष यानिकी साेनाम ल्हाेछार मनाउदै आएका हुन्छन । साे चन्द्र पात्राे अनुसारका महिनाकाे गणना सम्बन्धि ज्ञान नभएपछि ल्हाेछार बारे अन्याेलता छाउदै आएकाे छ । जसलाई चन्द्र पात्राे सम्बन्धि ज्ञान छ उनीहरुमा साेनाम ल्हाेछार मनाउन कहिल्यै अलमल , वादविवाद , अन्याेलता भएन । धुमधामका साथ ल्हाेछार मनाउदै आएका छन । ल्हाेछार बारे कुनै विवाद छैन ख्रे महिनाकाे छेपा गी (१ गते )काे दिन साेनाम ल्हाेछार यानिकी नयाँ बर्ष मान्दै आएका छन । आम सर्वसाधारण मानिसहरुले बुझ्ने गरि भन्नु पर्दा साैर्य पात्राे विक्रम संवतकाे माघ शुक्ल प्रतिपदाकाे दिन तामाङ समुदायकाे चन्द्रपात्राे अनुसार ख्रे महिनाकाे १ गते तामाङ समुदायकाे साेनाम ल्हाेछार (नयाँ बर्ष ) हाे । विक्रम संवतकाे बैशाष १ गते नयाँ बर्ष , इस्वी संवतकाे जनवरी १ का दिन न्यु इयर भने जस्तै चन्द्र पात्राे मञ्जुश्री संवतकाे ख्रे महिनाकाे १ गते नयाँ बर्ष या साेनाम ल्हाेछार हाे । साैर्य पात्राे विक्रम संवतमा ३६५ दिनकाे १ बर्ष हुन्छ भने चन्द्र पात्राे मञ्जुश्री संवतमा ३५४ दिनकाे १ बर्ष हुन्छ । नेपालमा बेशेष गरि ३ किसिमका ल्हाेछारहरु मनाउदै आएकाे देखिन्छ । ताेला वा तमु , साेनाम र ग्याल्बाे गरि ३ किसिमकाे नामकरणमा ल्हाेछार मनाउदै आइरहेका छन । ताेला वा तमु ल्हाेछार गुरुङ समुदायहरुले मितिका आधारमा प्रत्येक बर्ष पुस १५ गते मनाउदै आएका छन । त्यसैगरी तामाङ समुदायकाे साेनाम ल्हाेछार प्रत्येक बर्ष माघ शुक्ल प्रतिपदाका दिन यानिकि ख्रे महिनाकाे छेपा गी काे दिन भब्यताका साथ मनाउदै आएका छन । शेर्पा समुदायले माघ शुक्ल प्रतिपदाकाे ठिक १ महिना वा ३० दिनपछि ग्याल्बाे ल्हाेछार मनाउदै आएका छन । चन्द्र पात्राे अनुसार ३५४ दिनकाे १ बर्ष हुने हुदा प्रत्येक ३ बर्षमा मलमासका कारण लिप ईयर हुने हुदा एक पटक साेनाम र ग्याल्बाे ल्हाेछार एकै दिन पर्ने गरेकाे छ ।
त्यसैले अब आम तामाङ समुदायले आफ्नै चन्द्र पात्राे अनुसार काे १२ महिनाकाे नाम , ७ बारहरुकाे नाम , १२ ल्हाे हरुकाे नामका साथै खामहरुकाे पनि ज्ञान राख्नु पर्ने देखिएकाे छ । जसले गर्दा ल्हाेछार बारे विवाद दिर्घकालीन रुपमा अन्त्य गर्न सकिन्छ ।
यस बर्षकाे २८६१ डुल साेनाम ल्हाेछार ख्रे महिनाकाे १ गते नारेकाे दिन परेकाे छ । ( २०८१ माघ १७ गते विहिबार वा २०२५ जनवरी ३० तारिख Thursday तामाङ समुदायकाे राष्ट्रिय चाड ल्हाेछार परेकाे छ । )
थुजुछे 🙏🙏🙏सबैमा २८६१ डुल साेनाम ल्हाेछारकाे शुभ अवसरमा देशविदेशमा रहनु हुने सम्पुर्णमा हार्दिक मंगल मय शुभकामना ………………..

