राैतहट १५ माघ
राैतहटमा मंगलबार साझ ट्रकलाई पछाडीबाट माेटरसाइकलले ठक्कर दिदा २ जना घाइते भएका छन । राैतहटकाे गौर चन्द्रनिगाहपुर सडक खण्डको बृन्दावन नगरपालिकाकाे हर्साहामा चन्द्रनिगाहपुरबाट गाैर तर्फ जाँदै गरेकाे ना ६ ख ३०५० नम्बरको ट्रकको पछाडिबाट सेही दिशाबाट आइरहेकाे बि आर ०५ ए डब्लु ३११७ नम्बरको भारतीय नम्बरको मोटर साइकलले पछाडीबाट ट्रकलाई ठक्कर दिएकाे थियाे । साे दुर्घटनाबाट बाईक चालक गम्भीर घाईते भएकाे प्रहरीले जनाएकाे छ । दुई जना सवार मोटर साइकिलमा रहेका एक जनाको अबस्था भने समान्य रहेको बताइएकाे छ । याे समाचार तयार पार्दासम्म मोटर साइकल चालकको परिचय खुल्न बाँकी रहेको प्रत्यक्षदर्शीहरुले बताएका छन । ट्रक र माेटरसाइकल सहित चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेकाे प्रहरीले जनाएकाे छ ।

