राैतहट १४ माघ
प्रेस चाैतारी नेपाल राैतहटकाे आठाै जिल्ला अधिबेशन माघ २३ गते हुने भएकाे छ । साेमबार राैतहटकाे गाैर स्थित संस्थाकाे कार्यालयमा बसेकाे प्रेस चाैतारी नेपाल राैतहटले अगामी माघ २३ गते चन्द्रपुरमा आठाै अधिबेसन सम्पन्न गर्ने निर्णय गरेकाे सचिव मुकेश कुमार साहले तराई पाेष्टलाई बताउनु भयाे । बैठकले सदस्यता नविकरण र नया सदस्यता लिनकाे लागि माघ १९ गतेभित्र सदस्यता शुल्क तथा आबेदन दिनु पर्ने जनाएकाे छ । साे अधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्न आवश्यक तयारी गर्ने निर्णय समेत गरिएको सचिव साहले जानकारी दिनु भयाे ।

