राैतहट १४ माघ
राैतहटकाे गाैरमा ट्रान्सर्फमर ताेडफाेड गरि तामाकाे क्वाइल चाेरी भएकाे छ । राैतहटकाे गाैर नगरपालिकाकाे वडा नम्बर १ स्थित धर्मशाला पछाडी सुर्य मन्दिर नजिक रहेकाे दाल मिलकाे लागि जडान भएकाे ११ हजार भाेल्ट सप्लाईकाे ट्रान्सर्फमर गए राती अज्ञात समुहले फुटाएर ट्रान्सर्फमर भित्र रहेका तामाकाे क्वाइल चाेरी गरेकाे जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएकाे छ । राैतहटमा पछिल्लाे ट्रान्सर्फमर चाेरीकाे घटनामा बृद्वि भएकाे छ । रातीकाे समयमा प्रशासनले निगरानी बढाउनु पर्नेमा स्थानियले जाेड दिएकाे छ ।
गएराती ट्रान्सर्फमर चाेरी भएकाे स्थानियले थाहा पाउने लगतै साे घटनाको सुचना स्थानीय प्रशासन गराइएकाे जनाइएकाे छ । साे घटनाकाे अनुसन्धानमा गरिरहेकाे प्रहरीले जनाएकाे छ ।


