राैतहट ११ माघ
राैतहटकाे चन्द्रपुर नगरपालिका क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयहरु ३ दिनका लागि बन्द हुने भएका छन । केही दिनदेखि राैतहट लगायत तराईका विभिन्न जिल्लाहरुमा बाक्लाे हुस्सु अनि शितलहरले अत्यधिक चिसाे बढेपछि विद्यार्थीकाे अबस्थालाई मध्यनजर राखेर माघ १३ गते आइतबारदेखि माघ १५ गते मंगलबारसम्म ३ दिन चन्द्रपुर नगरपालिकाका सम्पूर्ण विद्यालयहरु बन्द गर्ने निर्णय नगरपालिकाले गरेकाे नगर प्रमुख संजय कुमार काफ्लेले तराई पाेष्टलाई जानकारी दिनु भयाे । बर्षे बिदामा कट्टा हुने गरि जाडाे बिदा दिइएकाे नगरपालिकाले एक सुचना जारी गरि नगरबासीलाई जानकारी गराइएकाे छ ।

