राैतहटमा सर्वपक्षीय बैठकपछि कटहरिया नगरपालिकाकाे ताला खाेलियाे

राैतहट १० माघ
राैतहटकाे कटहरिया नगरपालिकामा लगाइएकाे ताला खाेल्ने भएकाे छ । बिहिबार नगरपालिकामा लगाइएकाे ताला खाेल्ने र खाेल्ने नदिने पक्ष र विपक्षबिच आ-आफ्नै समर्थनहरुकाे समुहहरु जुटाउदै झडपकाे परिस्थिति सिर्जना हुने अबस्था आएपछि विहिबार नै सर्वपक्षीय बैठक बसेकाे थियाे । गत एक महिनादेखि कटहरिया नगरपालिकाका नगर उपप्रमुखकाे नेतृत्वमा विभिन्न मागहरुसहित साे नगरपालिकामा ताला लगाइएकाे थियाे । झपडकाे अबस्था सिर्जना हुने भएपछि सर्वपक्षीय बैठक बसेकाे थियाे । साे सर्वपक्षीय बैठकबाट नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएको भोलिपल्ट बोर्ड बैठकको लागि पत्रचार गरिने र गत मंसिर २० गतेको निर्णय माथी पुनः छलफल गरिने सर्तमा दुबै पक्षबिच सहमति भएपछि नगरपालिकामा लगाइएकाे ताला खाेलिने नगर पालिकाले तराई पाेष्टलाई जानकारी दिएकाे छ । साेही निर्णय अनुसार नगरपालिकामा लागाएको ताला खोल्न सर्वसहमतिले निर्णय गरिएकाे सहभागी प्रतिनिधिहरुले बताएका छन । वडा अध्यक्षहरुले आफ्नो स्वार्थको लागी ताला बन्दी गरिएको नगरवासीहरुले आरोप लगाएका थिए ।

ताजा समाचार

Related Articles