राैतहटमा अबैध मलसहित २ माेटरसाइकल प्रहरी नियन्त्रणमा

राैतहट १० माघ
राैतहट प्रहरीले भन्सार छलीका अबैध ६ बाेरा मलसहित २ थान माेटरसाइकल नियन्त्रणमा लिइएकाे छ । इलाका प्रहरी कार्यालय राजपुर राैतहटबाट खटिएकाे प्रहरी गस्ती टाेलीले ईशनाथ नगरपालिकाकाे वडा नम्बर ८ मन्सरी टाेलमा चेकजाच गर्न क्रममा भारतीय नम्बर प्लेटकाे माेटरसाइकल BR 06 BV 9413 र BR 30 B 7856 नम्बरकाे माेटरसाइकलमा अबैध रुपमा भारतबाट भन्सार छली चाेरी पैठारी गरि ल्याउदै गरेकाे अन्दाजी मूल्य ४ हजार ८ सय बराबरकाे मल ६ बाेरा काे अन्दाजी मूल्य १ लाख ५० हजार र २ थान माेटरसाइकलकाे अन्दाजी मूल्य १ लाख ५४ हजार ८ सय बराबरकाे मल सहित माेटरसाइकल नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय राैतहटका प्रवक्ता सुचना अधिकारी प्रहरी नायव उपरीक्षक दिपक कुमार रायले तराई पाेष्टलाई जानकारी दिनु भयाे । पक्राउ परेकाे मल र माेटरसाइकलसहित थप अनुसन्धान र कारवाहीका लागि विहिबार गाैर भन्सार कार्यालयमा बुझाइएकाे रायले बताउनु भयाे ।

ताजा समाचार

Related Articles