राैतहट ९ माघ
राैतहटमा नक्कली पेस्ताेल देखाई ठगी गर्ने एक भारतीय नागरीक पक्राउ परेका छन । राैतहटकाे ईशनाथ नगरपालिकाकाे वडा नम्बर ४ मठियाकाे सिमावर्ती इलाकामा नक्कली पेस्ताेल देखाई साे क्षेत्रमा हिडडुल गर्ने ब्यक्तिहरुलाई डर त्रास देखाई पैसा माग्ने गरेकाे प्रहरीले जनाएकाे छ । माेतीहारी जिल्ला ग्राम पञ्चायत खराेही वडा नम्बर ४ का बर्ष २० का भारतीय नागरिक अब्दुल कलामले नक्कली चाइनिज पेस्ताेल खेलाैना देखाई सिमावर्ती क्षेत्रमा हिडडुल गर्ने ब्यक्तिहरुलाई पैसा मागी ठग्ने गरेकाे विशेष सुचना प्रहरीले पाएकाे जनाएकाे छ । साेही सुचनाका आधारमा प्रहरी चौकी मठिया महुलिया रौतहटबाट खटि गएको प्रहरी टोलीले निजलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय रौतहटमा ल्याई म्याद थप गरी अनुसन्धान कार्य बढाएको जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएकाे छ ।


