राैतहट ८ माघ
गैडाटारका स्थानिय उपेन्द्र गाेलेकाे पहिलाे प्रयास स्वरुप ” गैडाटार गाउकाे ल्हाेछारमा ” बाेलकाे गीतकाे अडियाे गत शुक्रबार सार्वजनिक भएकाे छ । राैतहटकाे चन्द्रपुर नगरपालिकाकाे वडा नम्बर ३ गैडाटारका उपेन्द्र गाेले तामाङकाे शब्द संकलनमा साे गीत निर्माण गरिएकाे हाे । तामाङ समुदायकाे राष्ट्रिय पर्व २८६१ डुल साेनाम ल्हाेछारकाे आगमनसँगै साेही पर्वसँग सम्बन्धित तामाङ सेलाे गीत गैडाटार गाउकाे ल्हाेछारमा सार्वजनिक गरेकाे निर्माण पक्षले जनाएकाे छ । साे गीतकाे म्युजिक गैडाटारका बाबू जिम्वाले भरेका हुन भने साे गीतमा बाबू जिम्वा र जितु लाेप्चनले स्वर दिएका छन । पारिजात रेकर्डिङ स्टुडियोमा रेकर्ड गरेकाे साे गीतकाे मिक्सिङ एरेन्ज कार्साङ लामाले गर्नु भएकाे छ । साे गीतकाे पाेष्टर सेवा फिल्मका ब्यानरले निर्माण गरि अडियाे सेवा फिल्मकाे युट्युव च्यानलबाट सार्वजनिक गरिएकाे निर्माण कर्ता गाेलेले बताउनस भयाे ।

