चन्द्रनिगाहपुरमा मध्यरातमा कुटपिट गरि माेवाइल लुट्ने २ जना प्रहरी फन्दामा

राैतहट ७ माघ
राैतहटमा मध्य रातमा बाटाेमा हिडिरहेका एक ब्यक्तिलाई कुटपिट गरि माेबाइल लुटपाट गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । राैतहटकाे चन्द्रपुर नगरपालिकाकाे वडा नम्बर ५ अरुण आयल स्टाेर्स अगाडि माेबाइलमा कुरा गरिरहेका माधव नारायण नगरपालिकाकाे वडा नम्बर १ दिपही टाेलका हेमचन्द्र राय यादवलाई पछाडीबाट चन्द्रपुर नगरपालिकाकाे वडा नम्बर ४ पैनी टाेलका किसन साहले झापड हान्दै लछारपछार गरि माेवाइल लुटेकाे सिसि क्यामरा फुटेज भिडियाे सार्वजनिक भएकाे थियाे । राय यादवकाे माेवाईल लुटपाट गरि फरार चन्द्रपुरका साहलाई प्रहरीकाे सक्रिय अनुसन्धानपछि माेवाइसहित पक्राउ परेका छन । माेवाइल लुटेर साहले चन्द्रपुर ४ का काली मनिस उर्फ साेनल साह कलवारलाई दिएकाे प्रहरीले जनाएकाे छ । साेही दिनदेखि कलवार र साह फरार भएका थिए । पक्राउ परेका २ जनालाई जिल्ला अदालतबाट म्याद थप गरि चाेरी सम्बन्धि कसुरमा अनुसन्धान अगाडि बढाइएकाे ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएकाे छ । रातकाे समयमा हिडडुल गर्दा सतर्कता रहन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेकाे छ ।

ताजा समाचार

Related Articles