तार नपुगेको ठाउँमा धमाधम विद्युत तार विस्तार

बृन्दावन,१ माघ । रौतहटको चन्द्रनिगाहपुरस्थित नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रका प्रमुख धीरेन्द्र यादवको सक्रियतामा जिल्लाका विभिन्न क्षेत्रमा नयाँ बस्ती र तार नपुगेका स्थानहरूमा धमाधम विद्युत तार जडान भइरहेको छ ।
भर्खरै सम्पन्न कार्य अन्तर्गत वृन्दावन नगरपालिका वडा नम्बर १ बलेरीमा नयाँ निर्माण भएका बस्तीहरूमा विद्युतको तार जडान गरिएको छ । यस कार्यमा पत्रकार रूपेन्द्र पटेलले पहल गरेपछि प्रमुख यादवले विशेष चासो देखाउँदै कार्यलाई सफलतापूर्वक सम्पन्न गरेका हुन् ।
यसबाहेक रौतहट जिल्लाका अन्य क्षेत्रहरू, जस्तै गुजरा, गरुडा, गढीमाई, फतुवा विजयपुर, वृन्दावन र चन्द्रपुरका नयाँ बस्तीहरूमा पनि विद्युत विस्तारको काम तीव्र रूपमा अघि बढिरहेको छ। यी स्थानहरूमा पूर्वाधार निर्माण र विद्युत पहुँचका लागि तार जडान गरिंदैछ । प्रमुख यादवका अनुसार यो अभियानले जिल्लामा उज्यालोको पहुँचलाई व्यापक बनाउने मात्र नभई स्थानीय बासिन्दाको जीवनस्तर सुधार गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ ।
यसले रौतहटमा विकास र प्रगतिका नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।
उक्त कार्यले स्थानीय जनताको मनोबल उच्च बनाएको छ । उनीहरूले नेपाल विद्युत प्राधिकरण र यस अभियानका सक्रिय सहभागीहरूलाई धन्यवाद दिएका छन् ।

ताजा समाचार

Related Articles