चन्द्रपुर,२८ पुस । निजी तथा आवासीय विद्यालय संघ (प्यापसन)को ११ औं जिल्ला अधिबेशन सम्पन्न भएको छ। अधिबेशनमा संघको नयाँ नेतृत्व चयन गरिएको छ, जसमा अध्यक्ष पदमा ऋषिकेश चिमोरिया चयन भएका छन्। चिमोरिया चन्द्रपुर ८ स्थित न्यू झरना आवासीय माबिका संचालक पनि हुन्।
उपाध्यक्ष पदमा मनोज शर्मा, सचिवमा अर्जुन श्रेष्ठ र कोषाध्यक्ष पदमा कृष्ण झा नयाँ कार्यकालको लागि निर्वाचित भएका छन्। संघका सदस्यहरूको रूपमा लोकबहादुर श्रेष्ठ, हरेन्द्र राय यादव र सरोज शर्मा पनि विजयी भएका छन्।
नव निर्वाचित अध्यक्ष ऋषिकेश चिमोरियाले निजी तथा आवासीय विद्यालयको हकहितका लागि नबिनतम् योजनासहित कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले संघका सदस्यहरूको साथ र समन्वयमा विद्यालयका समस्याहरू समाधान गर्ने लक्ष्य राखेको बताए।
सूर्योदय एकेडेमीका संचालक सूर्य बहादुर थापाले अधिबेशनको सफलता र निर्वाचन प्रक्रियाको जानकारी दिएका छन्।