राैतहटकाे कटहरियामा नगर प्रमुखकाे लापरवाहीले हजाराै बिद्यार्थी परिक्षाबाट बञ्चित

राैतहट २६ पुस
राैतहटमा एक नगरपालिकाका विद्यार्थीहरु परीक्षा दिनबाट बञ्चित भएका छन । रौतहटको कटहरिया नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थीले अर्धवार्षिक परीक्षा दिनबाट वञ्चित भएका हुन । राैतहटका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि त्रैमासिक परीक्षा विद्यालय स्वयमले गर्दै आएकाे तर अर्धबार्षिक र बार्षिक परिक्षा भने नगरपालिकाले सम्पुर्ण तयारी गरि सञ्चालन गर्नु पर्ने प्रावधान रहेकाे छ । कटहरिया नगरपालिकाले भने परिक्षाकाे कुनै पनि प्रक्रिया नै नगरेपछि अहिलेसम्म साे नगरपालिका क्षेत्रमा रहेका विद्यालयहरुमा अर्धबार्षिक परीक्षा हुन सकेका छैनन । कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जयसवालको कारण हजारौँ विद्यार्थीहरु अर्धवार्षिक परीक्षा दिनबाट वञ्चित भएको पालिकाका जनप्रतिनिधिहरुले आरोप लगाएका छन । केही समयअघि विशेष अदालतबाट सफाइ पाएर पुनः पद बहाली भएका नगर प्रमुख जयसवालको लापरवाहीका कारण हजारौँ विद्यार्थीको भविष्य अन्योल बनेको राजनीतिक दलहरुकाे भनाई रहेकाे छ । एक वर्षभित्रमा एउटा पनि परीक्षा नहुनुमा यसको मुख्य जिम्मेवारी नगर प्रमुखले लिनुपर्ने अभिभावकहरुको भनाइ छ । कटहरिया नगरपालिका क्षेत्रमा ५ वटा मावि, ५ निमावि र १४ प्रावि गरी कुल २४ सामुदायिक विद्यालयहरु रहेका छन । कक्षा १ देखि १० सम्म १२ हजार भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको पूर्व नगर शिक्षा संयोजक अनिल कुमार निधिले बताउनु भयाे । गत कात्तिक मसान्तभित्र अर्धवार्षिक परीक्षा सम्पन्न हुनुपर्ने भएतापनि पुसकाे अन्तिम सातासम्म परिक्षाकाे कुनै अत्ताेपत्ताे नभएकाे शिक्षकहरुले बताएका छन । अर्धवार्षिक र वार्षिक परीक्षा गराउन नगरपालिकाले व्यवस्था गर्दै आएको मावि भसेढवाका प्रधानाध्यापक राममंगल यादवले बताउनु भयाे  तर पुस महिनाको अन्तिम सातासम्म पनि नगरपालिकाले स्रोत साधन उपलब्ध नगराउदाँ  कटहरिया नगरपालिकाको कुनै पनि सामुदायिक विद्यालयमा हालसम्म अर्धवार्षिक परीक्षा हुन नसकेको प्रधानाध्यापक यादवले जानकारी दिनु भयाे । अर्धवार्षिक परीक्षा सञ्चालन गर्न लाग्ने खर्च उपलब्ध गराउन पटक–पटक नगर शिक्षा समितिसँगै नगरपालिकालाई आग्रह गर्दा कसैले वास्ता नगरेको शिक्षकहरूको गुनासो रहेको छ । तत्काल परिक्षाकाे सम्पुर्ण प्रक्रिया पूरा गरि परीक्षा सञ्चालन गर्नु पर्ने शिक्षक , अभिभावक तथा बिद्यार्थीहरुकाे माग रहेकाे छ ।

ताजा समाचार

Related Articles