राैतहट २१ पुस
राैतहटकाे चन्द्रनिगापुरमा जंगली हातीकाे आतंक तिब्र भएकाे छ । लामाे समय देखि लगातार हातीले राैतहटकाे चन्द्रपुर नगरपालिकाकाे वडा नम्बर २ जुडिबेला क्षेत्र र वडा नम्बर ३ गैडाटारमा विगत केही दिनदेखि जंगली हात्ती वस्तीमा प्रवेश गरि किसानले लगाएको वालीनाली नष्ट गर्ने , घर भत्काउने घरमा भएको खाद्यान्न समेत खाईदिने गरेकाले स्थानीय वासिन्दालाई त्रसित एवं पिडित बनाइरहेको स्थानिय गैडाटारका नवीन दाेङले तराई पाेष्टलाई बताउनु भयाे ।हातीले विशेष गरि किसानले लगाएको लाखौको केरा सखाप पारेको दाेङकाे भनाई रहेकाे छ । यसरी नै निरन्तर हाती आतंक भइरहने हाे भने मानवीय क्षति गर्न सक्ने जोखिम पनि त्यत्तिकै बढेको उनीहरुकाे दावी रहेकाे छ ।
चारैतिर वनले घेरिएका यी दुइ वडामा परेका समस्याको बारेमा सम्बन्धित निकाय र जनप्रतिनिधि किन मौन रहेकाे भन्दै नेकपा एमाले नगर अध्यक्ष शिव आचार्यले गुनासाे गर्नु भएकाे छ । वन्यजन्तु जन्य जोखिम न्युनिकरण र क्षतिपूर्ति को सन्दर्भमा नगरपालिकाको नीति र योजना बारे आचार्यले प्रश्न गरेका छन । तत्कालल यसकाे समाधान हुनु पर्नेमा स्थानियकाे माग रहेकाे छ ।