राैतहट २१ पुस
राैतहटकाे चन्द्रपुरमा आइतबार निशुल्क आँखा शिविर सम्पन्न भएकाे छ । आईतबार चन्द्रपुर–४ मा एकीकृत बचत तथा ऋण सहकारी संस्था लि., श्री वीरदल गण पुरेनवा, तिलगंगा आँखा प्रतिष्ठान, र श्री नेपाल आँखा कार्यक्रमको संयुक्त आयोजनामा साे नि:शुल्क आँखा शिविर सम्पन्न भएको हाे । शिविरमा ४५९ जनाको आँखा जाँच गराइएको थियो। चिकित्सकहरूका अनुसार, तीमध्ये ३९ जनामा मोतियाबिन्दु पाइएको छ। वीरदल गणका सेनानी झनक थापाले ती बिरामीको शल्यक्रिया आगामी पुस २८ गते गरुडामा नि:शुल्क गरिने जानकारी दिनुभयो । प्रमुख अतिथिको पूर्व प्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालकाे प्रमुख आतिथ्यतामा शिविर सम्पन्न भएकाे हाे । स्वास्थ्य सेवा कार्यक्रमहरूले ग्रामीण क्षेत्रका नागरिकहरूको जीवनमा सकारात्मक प्रभाव पार्ने नेपालकाे भनाई रहेकाे थियाे । एकीकृत साकोसका अध्यक्ष कृष्णबहादुर खड्काले अध्यक्षतामा सम्पन्न साे कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सल्लाहकार सपूत बहादुर कार्कीले राख्नु भएको थियो । कार्यक्रममा रौतहट बचत तथा ऋण सहकारी संघका अध्यक्ष विभुकुमार पोखरेल , नेफ्स्कून फिल्ड कार्यालय हरिवनका प्रतिनिधि देब बहादुर सापकोटा, राष्ट्रिय सहकारी बैंक चन्द्रपुर कार्यालय प्रमुख रुपा थापा, सफल साकोसका अध्यक्ष देवकी नेपाल, र अन्य सहकारीका पदाधिकारी तथा वीरदल गणका जवानहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।