राैतहटमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालद्वारा अग्निपीडितलाई राहत हस्तान्तरण

रौतहट,२० पुस । राैतहट क्षेत्र नम्बर १ का सांसद तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजदेवी नगरपालिकाका अग्निपीडित परिवारहरूसँग भेट गरी राहत हस्तान्तरण गरेका छन्। पीडित सबै परिवारलाई खाद्यान्न, त्रिपाल, र कम्बलसहितका सामग्री प्रदान गरिएको सांसद नेपालको रौतहटस्थित सहयोगी रेवन्त झाले जानकारी दिएका छन् ।
सांसद नेपालले अग्निपीडित परिवारहरुको सुरक्षित र व्यवस्थित आवास निर्माणका लागि जग्गा व्यवस्थापन गरी तत्काल घर निर्माणका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । सहयोगी झाका अनुसार, पूर्वप्रधानमन्त्री नेपालले पीडित परिवारहरूको पुनर्स्थापनाका लागि तत्कालीन कदमहरू चाँडै लागू गरिने बताएका छन् ।
सहयोग हस्तान्तरण कार्यक्रममा नेकपा एसका केन्द्रीय सदस्य कल्याणी खड्का, मधेस प्रदेश सभा सदस्य कनिस पटेल, जिल्ला अध्यक्ष कमल यादव, राजदेवी नगरपालिकाका नगर प्रमुख भिखारी यादव, र बौधिमाई नगरपालिकाका नगर प्रमुख प्रदीप यादवलगायतको उपस्थिति रहेको थियो ।

ताजा समाचार

Related Articles