राैतहट २० पुुस
साथी शिक्षा सहकारी संस्था लिमिटेड चन्द्रपुरको ११औं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । साेही सहकारी संस्थाबाट सञ्चालित बालनिकेतन मा.वीको सभाहलमा साधारणा सभा कार्यक्रम शनिबार सम्पन्न भएको हो । साधारण सभामा बोल्दै प्रमुख अतिथि मधेस प्रदेश
सहकारीले न्युन आय भएका नागरिकको आर्थिक उपार्जन मात्रै नभई शैक्षिक लगायतका क्षेत्रमा काम गर्न सक्छन् भन्ने ज्वलन्त उदाहरण बन्न सफल साथी शिक्षा सहकारी संस्था भएको प्रमुख अतिथि मधेश प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादवले जिकिर गर्नु भयाे । सहकारी भविष्य निर्माणसँग जोडिएको बताउँदै साथी शिक्षा सहकारीको उदयसँगै बालबलिकालाई शिक्षा प्रदान गर्नु सराहनिय कार्य रहेको यादवकाे भनाई रहेकाे थियाे । कार्यक्रममा संस्थाका अध्यक्ष रामकुमार भटराईले आगामी योजनाको बारेमा शेयर सदस्यहरुलाइ जानकारी दिनु भएको थियो । उहाँले विद्यालयका लागि आवश्यक भौतीक पूर्वाधार र तथ्यले सहकारी विद्यालय मजबुत रहेको बताउनु भयो । बालनिकेतनले जिल्लाकै उत्कृष्ट विद्यालयको रुपमा पहिचान कार्यक्रममा नियमित क्रियाकलाप, संस्थागत एवं शैक्षिक विकास, कल्याणकारी तथा अतिरिक्त कार्यक्रम, भौतिक पूर्वाधार तथा आर्थिक सक्षमता सम्बन्धि विभिन्न कार्यक्रम प्रस्ताव सहित प्रतिवेदन प्रस्तुत गरिएको थियो । संस्थाले आर्थिक बर्ष ०८०/०८१ म १५ लाख ४८ हजार ३ सय ६६ रुपैया नोक्सान रहेको प्रतिवेदन पेश गरेकाे थियाे । यसैगरी संस्थाले १ करोड ६८ लाख रुपैयाँ अभिभावक संग बाकी बक्यौता लिने प्रतिबेदनमा उल्लेख गरेकाे छ । बिद्यालयका निर्देशक समेत रहनु भएका संस्थाका महासचिव दिपक रेग्मीले संचालन गर्नु भएको साे सभाले बालनिकेतन स्कुलले अगामी दिनमा जेष्ठ नागरिकलाई सम्मान,स्वास्थ शिविर लगायत शिक्षकहरुको क्षमता बिस्तारका लागी बिभिन्न कार्यक्रमहरु गर्ने बताउनु भयो ।
संस्थाले मधेस प्रदेश सरकारका अर्थमन्त्री सुनिल कुमार यादव तथा नेपाल पत्रकार महासंघ रौतहट शाखाका नवनिर्वाचित अध्यक्ष संजय कार्कीलाई सम्मान प्रमाणपत्र सहित दोसल्ला ओढाई सम्मान समेत गरेकाे छ । यस्तै कार्यक्रममा उत्कृष्ट शिक्षकको रुपमा बिशाल पोखरेललाई प्रमाणपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
औपचारिक कार्यक्रम सम्पन्न भएपछि मधेस प्रदेशका अर्थमन्त्री सुनिल यादवले संस्थाले निर्माण गरेको स्विमिङ पुलको उद्घाटन समेत गर्नु भएको छ । कार्यक्रममा वृन्दावनका नगरप्रमुख बिनोद प्रसाद कुर्मी, नव बिकास साकोसका अध्यक्ष राजु तिवारी,संकल्प साकोसका बिभु पोखरेल,जनजागृती स्कुलका प्रधानाध्यापक सत्रुधन साह, रौतहट जिल्ला फुटबल संघका अध्यक्ष भगवान दर्लामी लगायतको आतिथ्यता रहेको थियो । संस्थाले बन्द सत्रबाट नयाँ कार्यसमिति चयन गर्ने समेत बताईएको छ ।