युएई ३० (१५ पुस)
तामाङ समाज युएईकाे १० अाै अधिबेशन सम्पन्न भएकाे छ । तामाङ समाज युएईकाे केन्द्रीय अधिबेशनले भिम दाेङ तामाङकाे अध्यक्षतामा २७ सदस्यीय केन्द्रिय समिति सर्वसम्मति चयन गरेकाे छ । साे अधिबेसनले भिम दाेङ अध्यक्ष , कार्यकारी अध्यक्ष बेता घिसिङ , उपाध्यक्ष अमर लामा , प्रताप सिंह तामाङ र खिल बहादुर स्याङबो महासचिव नवीन दोङ तामाङ सचिव सबिन मोक्तान काेषाध्यक्ष मनिका योन्जन , सह कोषाध्यक्ष कुमार सिंह तामाङ जनसम्पर्क सचीव ग्याम्शो लामा , संस्कृतिक सचीव मनिष लोप्चन , व्यवस्थापन सचीव पेमा छिरिङ लामा , खेलकुद सचिव बिकास लामा , महिला विभाग प्रमुख पुर्णिामा घिसिङ , प्रवक्ता शर्मिला थिङ सदस्यहरु भिम गोले तामाङ , लावाङ दोर्जे दोङ , निमा ग्याल्बो वाइबा , धिरेन्द्र तामाङ , सुमन तामाङ , सुवास लामा , अन्जित लामा , काजल तामाङ , सिर्जना मोक्तान , शुसिला पाख्रीन लगायतका पदाधिकारिहरु चयन गरेका छन । अधिबेसन जीतेन्द्र गाेले तामाङको सभपति तथा तामाङ समाज युएईको केन्द्रीय संरक्षक समितिका प्रमुख राम मोक्तान को प्रमुख आतिथ्यता सम्पन्न भएकाे हाे । कार्यक्रममा संरक्षक सदस्य महेश मोक्तान संरक्षक सदस्य सुरेन्द्र थिङ सल्लाहकार तथा निर्वाचन प्रमुख शम्भु वाइवा सल्लाहकार तथा निर्वाचन समिति सदस्य दिपक मोक्तानको विशेष अथितिमा सम्पन्न भएकाे तामाङ समाज युएईले जनाएकाे छ ।

