रौतहट, १७ पुस । ग्रेगोरियन पात्रोअनुसार बुधबारबाट इस्वी संवत् २०२५ को नयाँ वर्ष प्रारम्भ भएको छ।
जिजस क्राइस्टको मृत्यु पश्चात् शुरु भएको मानिने इस्वी संवत्लाई पोप ग्रेगोरियनले जुलियन पात्रोको सट्टा प्रतिस्थापन गरेका थिए। यसलाई हाल ग्रेगोरियन पात्रोका रूपमा प्रयोग गरिन्छ। जुलियन पात्रो प्राचीन शासक जुलियस सिजरले प्रारम्भ गरेका थिए, जसलाई रूसले समेत २०० वर्षपछि मात्र स्वीकृति दिएको थियो। ज्योतिषविद् डा. खिलानाथ बस्ताकोटीका अनुसार यो पात्रो नेपालमा प्रचलनमा नरहे पनि विदेशी पर्यटकहरूले यसको प्रयोग गर्छन्।
हालका वर्षहरूमा नेपालका ठमेल, बौद्ध, पोखरा, सौराहा, र लुम्बिनी जस्ता पर्यटनस्थलहरूमा इस्वी संवत् मनाउने चलन सुरु भएको छ। मंगलबार बेलुकीदेखि नै काठमाडौँका विभिन्न स्थानहरूमा विशेष चहलपहल देखिन्थ्यो। ठमेल, स्वयम्भू, नयाँ सडक लगायतका क्षेत्रमा ‘न्यू इयर इभ’ विशेष आकर्षण बन्यो ।
ग्रेगोरियन पात्रोले नेपालका विभिन्न सांस्कृतिक अभ्यासमा थप विविधता ल्याएको देखिन्छ ।

