राैतहट १५ पुस
राैतहटमा गएराती भएकाे आगलागी पिडित ८ परिवारलाई साेमबार राहत वितरण गरिएकाे छ । राैतहटकाे राजदेवी नगरपालिकाकाे वडा नम्बर ५ मा गएराती भिषण आगलागी भएकाे थियाे । साे आगलागीबाट पिडित ८ परिवारलाई निर्माण ब्यावसायी संघ राैतहटले साेमबार राहत वितरण गरेकाे हाे । साे राहत सामग्री रौतहट क्षेत्र न.१ का प्रदेश सांसद नागेन्द्र साहको विशेष उपस्थितिमा राहत वितरण गरिएको संघका कोषाध्यक्ष बिक्रान्त नेपालले तराई पाेष्टलाई जानकारी दिनु भयाे । राहत सामग्रीमा ग्यास सिलिन्डर, चुल्हो, भाडा बर्तन तथा खाद्यान्न सहित तत्कालका लागि राहत पुग्ने गरि सामाग्री वितरण गरिएको उहाले बताउनु भयाे ।

