राैतहट १५ पुस
राैतहटकाे चन्द्रनिगाहपुरमा बेवारिसे अबस्थामा फेला परेकाे मानिसलाई प्रहरीले मानव सेवा आश्रम सर्लाहीकाे जिम्मा लगाइएकाे छ । रौतहट चन्द्रपुर नगरपालिकाकाे वडा नं १ पुर्व पश्चिम राजमार्गको पौराही जंगलमा बेवारिसे अवस्थामा एक पुरूष व्यक्ति फेला थियाे । साे मानिसकाे हुलियाले तराईबासीमुलको जस्तो देखिएकाे तर एकिन नामथर, ठेगाना बताउन नसक्ने र परिवारजनहरूको बारेमा बुझ्दा कहि कतैवाट परिचय खुल्न नसकेकोले ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएकाे छ । निज बेवारिसे मानिसलाई संरक्षणको लागि मावन सेवा आश्रम, हरिवन सर्लाहीमा आइतबार पठाईएकोले प्रहरीले जनाइएकाे छ । साे मानिसलाई चिन्नुहुने वा आफन्तजनहरूले सोही कार्यालयमा सम्पर्क गर्न जानहुन समेत प्रहरिले अनुरोध गरेकाे छ ।

