राैतहट १५ पुस
राैतहटकाे राजदेवीमा भिषण लागलागी भबएकाे छ । राैतहटकाे राजदेवी नगरपालिकाकाे वडा नम्बर ५ काे पासवान टाेलमा आइतबार मध्यराति भिषण लागलागी भएकाे हाे । साे आगलागीबाट लाखाैकाे सम्पति जलेर नष्ट भएकाे जनाइएकाे छ । बाबुलाल हजराको घरमा विद्युत सर्ट भएर आगो सल्किदा दिपेन्द्र पासवान, प्रदिप पासवान, रामनाथ हजरा सहितका घर पूर्ण रुपमा जलेर नष्ट भएकाे बताइएकाे छ । आगलागि हुनासाथ स्थानीय बासिन्दाहरु, प्रहरी चौकी ब्रम्ह्पुरी, सशस्त्र प्रहरीको विओपी बेलविछवा र गौर नगरपालिकाको बारुण यन्त्रको मद्दतबाट आगो नियन्त्रणमा लिएको प्रहरीले जनाइएकाे छ ।

