राैतहट १४ पुस
राैतहट कटहरियाका एक युवती ३६०० पिस लागू औषधसहित शनिबार राती पक्राउ परेकी छिन । राैतहटकाे गाैरबाट काठमाडौंका लागि छुटेकाे रात्रीकालिन यात्रुवाहक बसबाट ती युवती पक्राउ परेकाे इलाका प्रहरी कार्यालय पथलैया बाराले जनाएकाे छ । शनिबार राती अन्दाजी ११:३० बजे राैतहटकाे गाैरबाट काठमाडौंका लागि छुटेका बा.प्र ०१०२६ ख ५१५९ नम्बरकाे बसलाई पथलैयामा प्रहरीले चेकजाच गरेकाे थियाे । साेही क्रममा साे बसकाे डिकिमा भन्टाकाे तरकारीसंगै लागू औषध नाेरफिन पान १२०० पिस , ट्राइजाेनपान १२०० पिस र फेनारगन १२०० पिस गरि जम्मा ३६०० पिस लागू औषधसहित राैतहटकाे कटहरिया नगरपालिकाकाे वडा नम्बर ७ कि बर्ष २१ का मुस्कान कुमारी दास पक्राउ परेकाे ईलाका प्रहरी कार्यालय पथलैयाका प्रहरी प्रमुख राेशन अधिकारीले तराई पाेष्टलाई जानकारी दिनु भएकाे छ । पक्राउ परेका दासलाई थप अनुसन्धानका म्याद थप गरि अनुसन्धान अगाडि बढाइएकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

