राजु लो तामाङ,
सर्लाही १४ ,पुस
चेतना सन्देश नेपाल द्वारा सञ्चालन गरिएको द्वन्द्व पीडित बाल गृहका विद्यार्थीलाई एक छाक मिष्ठान्न भोजन गराएका छन । हरिवन नगरपालिका ५ घुर्कौलीमा रहेको बालगृहका करिब ३० जना विद्यार्थीलाई मकाउ सहरमा रहेको एसजिक्यु नेपाली फुट सेन्टरका सञ्चालक तथा समाजसेवी सागर अधिकारीले बालगृहका विद्यार्थीलाई एक छाक भोजन गराएका हुन । मिति 26th December बिहीबार लायन्स क्लब अफ काठमाडौं नमोबुद्धको समन्वयमा संस्थामै पुगेर विद्यार्थीहरुलाई भोजन गराएका हुन ।

आफुहरुले व्यवसायमा मात्रै नभई मानवीय सेवा तथा सामाजिक उत्तरदायित्वको अपनत्व बोध गर्दै संस्थालाई थोरै सहयोग गरेको अधिकारीले बताए । मकाउमा रहेर सञ्चालन गर्दै आएको एसजिक्यु नेपाली फुड सेन्टरमा मकाउमा रहेका नेपालीलाई भिजिट गर्न समेत अनुरोध गरे ।

कार्यक्रममा लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट 325E नेपालका इमिडिएट पास्ट डिस्ट्रिक्ट गभर्नर लायन हरिप्रसाद दाहाल, पीडीजी लायन कर्मा गुरुङ, कपी बैंक चिफ लायन सूर्य बहादुर तामाङ, लायन्स क्लब अफ काठमाडौं नमो बुद्धका अध्यक्ष दीपक कुमार तामाङ, लायन रजनी दाहाल, लायन सीता दाहाल, लायन अनिल पण्डित, लायन बिश्व कुमार लामा, आर के लामा, लायन्स क्लब अफ काठमाडौँ सर्लाहीका कोषाध्यक्ष भक्त बहादुर वाइबाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।


