रौतहट ९ पुस
रौतहटको फतुवाविजयपुर स्वास्थ्य चौकीमा मंगलबार १० लाख बराबरको औषधी प्राप्त गरेको छ । सो नगरपालिकाका स्थानिय नगरवासीहरुले स्वास्थ्य चौकीमा औषधी उपलब्ध नहुदा समस्या झेल्दै आएका थिए । मंगलबार मधेश प्रदेशका अर्थमन्त्रि सुनिल कुमार यादव जितेन्द्रको विशेष पहलमा १० लाख बराबरबो औषधी प्रदेश आपुर्ति कार्यालयबाट प्राप्त गरेको स्वास्थ्य चौकी फतुवाविजयपुरले जनाएको छ । औषधी उपलब्ध भएसंगै स्थानियबासीले सहज रुपमा औषधी प्राप्त गर्न पाउने भएका छन ।