महोत्तरी ६ पुस
महोत्तरीमा डाँका समूहले पूर्व गाविस सचिवको हत्या गरेको छ । शनिबार सो समूहले मनरा शिसवा नगरपालिका–४ साढाका ७० वर्षीय सुशील झालाई लुटपाट गरेपछि हत्या गरेको प्रहरीले जनाएको छ । शनिबार बिहान करिब ४ बजे सात आठ जनाको सख्यामा आएको लुटेरा समूहले लुटपाटपछि झाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी सन्तुलाल प्रसाद जयसवारले बताउनु भएको छ । प्रहरीको टोलीले घटनास्थलको अवलोकन गरि अनुसन्धान गरिरहेको डीएसपी जयसवारले बताउनु भयो ।