रौतहट ६ पुस
रौतहटको गरुडामा विश्व ध्यान दिवस एक कार्यक्रमकाबिच भब्य रुपमा मनाइएको छ । रौतहटको गरुडा नगरपालिकाको वडा नम्बर ४ स्थित श्रीराम सुगर चिनि मिलमा आयोजीत सो कार्यक्रममा जिल्ला समन्वयन समिति रौतहटका सभापति राम अयोध्या यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जयसवालले तराई पोष्टलाई जानकारी दिनु भयो । विश्वब्यापी सदभावका लागि आन्तरिक शान्ती भन्दै मुल नाराका साथ कार्यक्रम सञ्चालन भएको थियो । कार्यक्रममा गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनी प्रसाद जैसवालको बिशिस्ट आतिथ्यता रहेको थियो भने विभिन्न योगा आसन्नहरुको सहभागीता जनाएका थिए । सहभागी योगाआसन्नहरुले विभिन्न योग गरौ र निरोग बनौ भन्दै सबैमा आग्रह गर्नु भएको थियो ।