रौतहट ६ पुस
रौतहटको चन्द्रपुरका १०० भन्दा बढी नेपाली काग्रेस र राप्रपाका नेता तथा कार्यकर्ताहरु शनिबार नेकपा माओवादी केन्द्रमा प्रबेश गरेका छन । रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ५ का स्थानिय नेपाली काग्रेस तथा राप्रपा पार्टी परित्याग गरि ११० जना नेता तथा कार्यकर्ताहरु एक कार्यक्रमकाबिच नेकपा माओवादी केन्द्रमा प्रबेश गरेको नेकपा माओवादी केन्द्र चन्द्रपुरले तराई पोष्टलाई जानकारी दिएको छ । नेकपा माओवादी केन्द्रमा प्रबेश गरेका नव प्रबेशीहरुलाई माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा मधेश प्रदेशका पुर्व मन्त्रि युवराज भट्टराई समिर र माओवादी केन्द्रका रौतहट जिल्ला संयोजक देवेन्द्र पटेलले फुलमाला लगाएर स्वागत गरेका थिए । नेपाली काग्रेस तथा राप्रपा परित्याग गरेको नेता कार्यकर्ताहरुले काग्रेस तथा राप्रपाको अराजकता र तानाशासी प्रवृद्धि रहेकाले आम नागरिकको पाटी माओवादी भएकाले पाटी प्रबेश गरेको बताएका थिए । अवका दिनमा आफुहरु जनताको समस्याहरुमा हातीमालो गर्दै अगाडी बढ्ने समेत बताएका थिए ।